नियम १०
अवैतनिक वाणिज्यदूतको काम, कर्तव्य र जिम्मेवारी
(१) अवैतनिक वाणिज्यदूतको काम, कर्तव्य र जिम्मेवारी महासन्धिको प्रथम अध्यायको प्रथम खण्डको धारा ५ मा उल्लेख भए बमोजिम हुनेछ।
(१क) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी अवैतनिक वाणिज्यदूतले स्वीकार गर्ने राज्यको कानूनको अधीनमा रही देहायका काम गर्नु पर्नेछः–
(क) नेपाल र स्वीकार गर्ने राज्यबीच द्विपक्षीय व्यापार प्रवद्र्धन गर्न वस्तु व्यापारका नयाँ क्षेत्रको पहिचान गरी मन्त्रालय र सरकारी तथा गैर सरकारी क्षेत्रका सम्बद्ध निकायलाई जानकारी गराउने,
(ख) नेपाल भित्र प्रत्यक्ष वैदेशिक लगानी गराउन वा बढाउन आवश्यक काम गर्ने,
(ग) स्वीकार गर्ने राज्यभित्र वैदेशिक रोजगारका अबसर भए सोको पहिचान गरी मन्त्रालयलाई जानकारी गराउने र नेपाल को
जनशक्तिलाई स्वीकार गर्ने राज्यमा रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने,
(घ) स्वीकार गर्ने राज्य वा अन्य मुलुकका नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरी नेपालको पर्यटन विकासलाई प्रवद्र्धन गर्ने,
(ङ) स्वीकार गर्ने राज्यमा अति कम विकसित वा विकासोन्मुख मुलुकको सम्बन्धमा कुनै वस्तुको सहुलियतपूर्ण प्रवेशको व्यवस्था भए त्यस्तो प्रवेश नेपाली वस्तुको हकमा लागू गर्न वा सोको परिमाण बढाउन स्वीकार गर्ने राज्यसँग पहल गर्न राजदूतलाई अद्यावधिक रूपमा परामर्श दिने,
(च) नेपाल र स्वीकार गर्ने राज्यबीच आर्थिक, व्यापारिक, सांस्कृतिक तथा वैज्ञानिक सम्बन्ध तथा सहयोगको अभिवृद्धिका लागि
गर्नुपर्ने कारवाहीको बारेमा राजदूतलाई जानकारी गराइ सो सम्बन्धमा आवश्यक परामर्श दिने,
(छ) स्वीकार गर्ने राज्यमा रहेका गैर आवासीय नेपाली तथा तिनीहरुको कुनै प्रतिनिधि संस्था भए त्यस्तो संस्थासँग नियमित सम्पर्कमा रही नेपालको सामाजिक तथा आर्थिक विकासमा निजहरुलाई संलग्न गराउन आवश्यक पहल गर्ने,
(ज) नेपालमा रहेका निजी क्षेत्रका उद्योग, वाणिज्य वा पर्यटन क्षेत्रका प्रतिनिधि संस्था र स्वीकार गर्ने राज्यका त्यस्ता संस्था बीच सम्पर्क बिन्दूको रूपमा काम गर्ने,
(झ) स्वीकार गर्ने राज्यमा उपलब्ध कुनै क्षेत्रको अत्याधुनिक प्रविधि नेपाल भित्र्याउन आवश्यक भएमा सो सम्बन्धमा राजदूतसंग परामर्श गरी आवश्यक पहल गर्ने,
(ञ) नेपाल र स्वीकार गर्ने राज्यबीच आर्थिक, वाणिज्य, सांस्कृतिक वा विज्ञान तथा प्रविधिको क्षेत्रमा आपसी सहयोग बढाउन
नेपाल सरकारले तोकेको अन्य कुनै काम गर्ने ।
(२) अवैतनिक वाणिज्यदूतले नेपालको परराष्ट्र, आर्थिक, वाणिज्य, औद्योगिक, पर्यटन, वैदेशिक रोजगार तथा वैदेशिक लगानी सम्बन्धी नीतिको अध्ययन गरी सोको जानकारी स्वीकार गर्ने राज्यमा सरोकार राख्ने व्यक्ति वा संस्थालाई गराउनु पर्नेछ ।
(२क) अवैतनिक वाणिज्यदूतले उपनियम (२) को प्रयोजनका लागि स्वीकार गर्ने राज्यका व्यापार, वैदेशिक रोजगारदाता तथा गैर आवासीय नेपाली तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरुसंग आवश्यकता अनुसार छलफल, भेटघाट र परामर्श बैठक गर्न सक्नेछ ।
(३) आफू नियुक्त भएको कन्सुलर क्षेत्र वा त्यसक्षेत्र रहेको जिल्ला वा त्यस क्षेत्र रहेको प्रदेश वा त्यस क्षेत्र रहेको राष्ट्र र नेपालबीच व्यापार प्रवद्धन गर्न राजदूतसँग सरसल्लाह गरी आवश्यक कार्य गर्नु अवैतनिक वाणिज्यदूतको विशेष कर्तव्य हुनेछ । तर राजदूतको पूर्व स्वीकृति नलिईकन आफू नियुक्त भएको राष्ट्रको सम्बन्धित पक्षसँग व्यापार प्रबद्धन विषयमा कुराकानी शुरु गर्न पाउने छैन ।
(४) उपनियम (३) बमोजिमको विषयमा भएको प्रगति प्रतिवेदन अवैतनिक वाणिज्यदूतले प्रत्येक तीन महिनामा राजदूतलाई पठाउनु पर्नेछ र राजदूतले पनि आफूले प्राप्त गरेको प्रतिवेदन मन्त्रालयमा पठाउनु पर्नेछ ।
(५) अवैतनिक वाणिज्यदूतले नेपाल भ्रमण गर्न चाहने विदेशीलाई नेपाल सरकारले समय समयमा तोकेको भिसा दस्तुर लिई पर्यटक भिसा प्रदान गर्न सक्नेछ । तर कन्सुलर क्षेत्र रहेका मुलुकका पूर्व राष्ट्राध्यक्ष, पूर्व सरकार प्रमुख, पूर्व परराष्ट्र मन्त्री, ख्याति प्राप्त तथा प्रतिष्ठित व्यक्ति वा पूर्व अवैतनिक वाणिज्यदूतलाई मन्त्रालय वा राजदूतको पूर्व स्वीकृति लिई निशुल्क (ग्य्राटिस) भिसा प्रदान गर्न सक्नेछ ।
(६) अवैतनिक वाणिज्यदूतले भिसा प्रदान गर्दा प्राप्त भएको राजश्वको फाँटवारी प्रत्येक महिनाको अन्त्यमा राजदूतलाई पठाउनु पर्नेछ ।
(७) अवैतनिक वाणिज्यदूतले उपनियम (६) बमोजिम प्राप्त हुन आउने रकममा सेवा शुल्क बापत बीस प्रतिशत थप रकम लिन सक्नेछ र त्यसरी प्राप्त गरेको थप रकम निजले कार्यालय सञ्चालन, व्यापार तथा पर्यटन प्रवर्धनात्मक कार्यमा समेत खर्च गर्न सक्नेछ ।
(७क) अवैतनिक वाणिज्यदूतले उपनियम (६) बमोजिम प्राप्त हुने रकम प्रत्येक तीन महिनामा राजदूतलाई बुझाउनु पर्नेछ र राजदूतले त्यसरी प्राप्त भएको रकम आफू वहाल रहेको राजदूतावासको राजश्व खातामा आम्दानी बाँधी सोको जानकारी मन्त्रालयलाई दिनु पर्नेछ ।
(८) नेपालबाट भ्रमणमा आएका विशिष्ट व्यक्तिहरूलाई राजदूतको निर्देशानुसार अवैतनिक वाणिज्यदूतले हरसम्भव सबै किसिमको मद्दत, सुहाउँदो सम्मान र आवश्यक सहयोग दिनु पर्नेछ ।
(९) अवैतनिक वाणिज्यदूतको हैसियतले विभिन्न व्यक्तिहरूसँग औपचारिक भेटघाट वा शिष्टाचार भेटको बखतमा भएको कुराकानीको प्रतिवेदन तयार पारी निजले राजदूतलाई पठाउनु पर्नेछ र राजदूतले यस्तो प्रतिवेदन मन्त्रालयमा पठाउनेछ ।